भेनेजुएलामा अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन : डा. बाबुराम भट्टराई

पुस १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
भेनेजुएलामा अमेरिकी आक्रमण अन्तर्राष्ट्रिय कानुनको उल्लंघन : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराईले अमेरिकाले भेनेजुएलामा गरेको आक्रमण राष्ट्रसंघले स्थापित गरेको अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताउनुभएको छ ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत आक्रमणको विरोध जनाउनुभएको हो । उहाँले सबै सार्वभौम राष्ट्र र विश्व समुदायले आक्रमणको विरोध गर्नुपर्ने पनि बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.