समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने

पुस १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने भएको छ ।

आयोगले शुक्रबार आयोजना गरेका पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले उक्त जानकारी दिनुभएको हो । समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन ९३ वटा राजनीतिक दलले नाम दर्ता गराएका थिए । तीमध्ये ६४ वटा दलले मात्रै समानुपातिकतर्फको बन्दसूची पेस गरेको उहाँले जानकारी दिनुभयो । 

बन्दसूची पेस गर्ने दलहरूमध्ये ५४ वटा दलले आ-आफ्नै निर्वाचन चिन्ह प्रयोग गरी चुनावमा प्रतिस्पर्धा गर्ने भएका छन् भने बाँकी १० वटा दलले विभिन्न क्लस्टरमा रही चार वटा साझा निर्वाचन चिन्हमार्फत निर्वाचनमा भाग लिने गरी बन्दसूची पेस गरेका छन् । 

उहाँले यसअघि बन्दसूची पेस हुनुअघि नै मतपत्र छपाइको काम गरिएको भएकोले सबै दलका चुनाव चिन्ह समेटेर मतपत्र छापिने गरेको बताउनु भयो । तर यसपटक भने समानुपातिक बन्दसुची पेस गरेका दलहरूको चुनाव चिन्ह मात्रै राखेर मतपत्रको छपाइ गरिने उहाँले जानकारी दिनुभयो । 

उहाँकाअनुसार हालसम्मको विवरणअनुसार समानुपातिकतर्फ प्रयोग हुने निर्वाचन चिन्हको संख्या ५८ रहने लगभग निश्चित भएको छ । यद्यपि आयोगले बन्दसूचीको रूजु प्रक्रिया जारी राखेकाले कुनै दलको सूची अस्वीकृत भएमा सो संख्या घट्नसक्ने उहाँले बताउनु भयो ।

नाम परिवर्तन गर्न सकिने उहाँले बताउनु भयो । अन्यथा नाम परिवर्तन गर्न नमिल्ने उहाँको भनाइ छ । अन्तिम सूची प्रकाशित भएपछि भने केही गर्न नमिल्ने उहाँले जानकारी दिनुभयो । उहाँले निर्वाचनमा पर्यवेक्षण गर्नको लागि ४० वटा पर्यवेक्षण संस्थाले अनुमति पाएको जानकारी जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.