शिक्षक सेवा आयोगले माध्यमिक तहमा रिक्त शिक्षक पदको खुला विज्ञापन गर्ने

पुस १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
शिक्षक सेवा आयोगले माध्यमिक तहमा रिक्त शिक्षक पदको खुला विज्ञापन गर्ने

काठमाडौं । सामुदायिक विद्यालयको माध्यामिक तहमा विषय शिक्षकको अभावलाई मध्यनजर गरी शिक्षक सेवा आयोगले माध्यमिक तहमा रिक्त ४ सय ४५ शिक्षक पदको खुला विज्ञापन गर्ने भएको छ । 

शिक्षा मन्त्रालय, मानव स्रोत विकास केन्द्रबाट माग भई आएअनुसार मावि तहमा १३ वटा विषयका लागि ४ सय ४५ पदका लागि विज्ञापन गर्न लागिएको आयोगले जनाएको छ । मावि शिक्षकको अभावलाई मध्यनजर गरी आयोगले ती पदका लागि छिट्टै विज्ञापन प्रकाशित गर्ने तयारीमा रहेको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले जानकारी दिनुभयो । 

आयोगले निमावि तहमा ८ वटा विषयमा ६ सय ८६ रिक्त पदका लागि विज्ञापन गरि लिखित परीक्षा समेत लिइसकेको छ । तर प्राथमिक तहमा रिक्त पदमा भने विज्ञापन हुन सकेको छैन् । त्यसो त आयोगले गत वर्ष माविमा ४ सय ४८, निमाविमा ८ सय ३४ र प्राविमा ५४ सय ५३ रिक्त शिक्षक पदमा विज्ञापन गरेको थियो । 

जसमा माविमा ४ सय ३५ निमाविमा ७ सय ८७ र प्राविमा ५१ सय १५ पदमा शिक्षक नियुक्तिका लागि सिफारिस गरेको आयोगका अध्यक्ष रेग्मीले जानाकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.