
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगहरूले गरेका सिफारिसहरू सरकारबाट कार्यान्वयन हुन नसकेको गुनासो गर्नुभएको छ ।
शुक्रबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आयोगहरूले विभिन्न सिफारिसहरू गरे पनि कार्यान्वयन हुन नसेकेको उहाँको भनाइ छ । सबै आयोगहरूले गरेका सिफारिसहरू कार्यान्वयन हुनुपर्ने उहाँको माग छ । उहाँले आदिवासी जनजातिहरूलाई बसिरहेको स्थानबाट हटाउन राम्रो नरहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘आदिवासीहरुले जुन लाइनमा बसिरहेको छ, त्यो लाइनबाट हटाउनु हुँदैन । उनीहरुलाई हटाउनुपर्यो भने उनीहरूले पाउने सुविधान दिनुपर्छ । सन्धी ऐनले हाम्रो कानुनमा व्यवस्था नभए पनि अन्तर्राष्ट्रिय कानुनमा व्यवस्था छ, त्यो अनुसार हामी अघि बढ्नुपर्छ । हाम्रो सिफारिस कार्यान्वयन भइरहेको छैन् । हामीले गरेको सबै आयोगबाट गरिएका सिफारिसहरू कार्यान्वयन होस् ।’
उहाँले आदिवासी जनजातिमाथि भोगाधिकारको असर पर्छ भने उनीहरूले क्षतिपूर्ति पाउनुपर्ने बताउनु भयो ।