तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री अर्याल

पुस १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने सरकारको पहिलो प्राथमिकता : गृहमन्त्री अर्याल

विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको पहिलो प्राथमिकता तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्ने रहेको बताउनुभएको छ ।

बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारको ध्यान सत्तामा टिकिरहने नभइ निर्वाचनमार्फत आएने सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ केन्द्रित रहेको बताउनुभएको हो । निर्वाचनबिना सुशासन कायम गर्न कठिन हुने भन्दै उहाँले देश थप अस्थिरतातर्फ धकेलिने भएकाले आवधिक निर्वाचनको विकल्प नरहेको दोहोर्‍याउनुभयो ।

सुरक्षा गोष्ठीले कोशी प्रदेशको वस्तुस्थिति र सुरक्षा वातावरण बुझ्न सहयोग पुग्ने र निर्वाचनका लागि सुरक्षित वातावरण निर्माण गर्न ठोस योजना बनाउने सहयोग पुग्ने विश्वास गृहमन्त्री अर्यालले व्यक्त गर्नुभयो । सुरक्षा गोष्ठीमा १४ जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहभागी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.