पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने बाटोमा अघि बढ्न कांग्रेस महामन्त्री थापाको आह्वान

व्यक्तिगत महत्वाकांक्षा समाप्त गरेर निर्वाचनमा होमिनुको विकल्प नभएको शेखर कोइरालाको भनाइ
पुस १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने बाटोमा अघि बढ्न कांग्रेस महामन्त्री थापाको आह्वान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यही पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने बाटोमा अघि बढ्न आह्वान गर्नुभएको छ ।

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा बुधबार सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै महामन्त्री थापाले विशेष महाधिवेशनका पक्षमा दृढतापूर्वक एकताबद्ध हुन आह्वान गर्नुभएको हो । भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट मात्र एकताको उद्भव हुने उल्लेख गर्दै उहाँले त्यस्तो मञ्च विशेष अधिवेशन नै भएको बताउनुभएको छ। 

पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य वाध्यकारीमात्र नभएर पार्टीभित्र एकता र आत्मविश्वासका लागि अनिवार्य बनेको उहाँको भनाइ छ। यसैबीच, कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर निर्वाचनमा होमिनुको विकल्प नभएको बताउनुभएको छ। 

मेलमिलाप दिवसका अवसर सन्देश जारी गर्दै उहाँले राजनीतिक परिदृश्यमा उदाएका नयाँ चुनौतीको सामना गर्न एकताको विकल्प नभएको बताउनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.