भदौ २३ को प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग गर्ने कुनै निर्णय नभएको रमेश लेखककाे स्पष्टोक्ति

पुस १४, २०८२ |कान्तिपुर टीभी संवाददाता
भदौ २३ को प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग गर्ने कुनै निर्णय नभएको रमेश लेखककाे स्पष्टोक्ति

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ को प्रदर्शनमा आवश्यकताभन्दा बढी बल प्रयोग गर्ने कुनै निर्णय या योजना नभएको बताउनुभएको छ।

भदौ २३ र २४ को घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगमा साेमबार बयान दिँदै लेखकले भदौ २२ गते साँझ बसेको सुरक्षा समितिको बैठकमा प्रदर्शनमा बल प्रयोग गर्नेबारे कुनै निर्णय नभएको बताउनुभएको हो । उहाँले उक्त दिन आफूले सुरक्षा निकायलाई कुनै हताहति हुने आवस्था आउन नदिन सावधानी अपनाउन, समन्वयात्मक रूपमा शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउन र घुसपैठ हुन सक्ने भएकाले सतर्कता अपनाउन निर्देशन दिएको पनि बताउनुभयो । 

भदौ २३ को प्रदर्शनमा व्यापक घुसपैठ भएको र जेन-जीका भावनामाथि सुनियोजित रूपमा खेलेर शान्तिपूर्ण प्रदर्शनलाई हिंसात्मक बनाइएको उहाँको आरोप थियो । नेता लेखकले स्वच्छ, निष्पक्ष र पूर्वाग्रहरहित ढंगबाट छानबिन गरी सत्यतथ्य पत्ता लगाउन पनि आयोगलाई आग्रह गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.