.jpg&w=1000&height=550)
जनकपुर । लगातार ९ दिनदेखि चलेको शीतलहरका कारण मधेस प्रदेशको जनजीवन अत्यन्त कष्टकर बनेको छ।
गएको पुस ४ गतेदेखि चिसो हावासँगै शीत चुहिएका कारण जनकपुर, जलेश्वरलगायत मधेश प्रदेशको जनजीवन कष्टकर बनेको हो । चिसो हावा र शीतलहरका कारण सबभन्दा बढी जेष्ठ नागरिक, बालबालिका, अशक्त, सुत्केरी महिला, बाहिरबाट घुम्न आउने र दैनिक ज्याला मजदुरी गर्ने श्रमिकहरू मारमा परेका छन ।
९ दिनदेखि लगातार घाम नलागेपछि सर्वसाधारण आगो तापेर दिन काट्न बाध्य भएका छन । एकदिन केही दाउरा वितरण गरेको देखाए पनि अत्यधिक चिसो बढेपछि चिसो छल्न जनकपुरधाम उपमहानगरपालिकाले आवश्यकता अनुसारको चोक–चोकमा आगो बाल्न सकेको छैन ।
ओढ्ने, ओछ्याउने र लगाउने न्यानो कपडाको अभावमा दैनिक गुजारा चलाउने विपन्न वर्गको दैनिकी प्रभावित भएको छ। अत्याधिक चिसो र शीतलहरका कारण निमोनिया, कोल्ड डायरीया, दम, रूघाखोकी, ज्वरोलगायतका बिरामीको संख्यामा वृद्धि भएको प्रादेशिक अस्पतालले जनाएको छ । लगातार दिउँसो पनि घाम लाग्न नसकेपछि मान मानिससँगै पशुपन्छी र कृषि जन्य वस्तुहरुमा समेत शीतलहरको असर परेको छ ।
.jpg)
.jpg)