कोशी प्रदेशको रोजगारी प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि-२०८२ स्वीकृत

जनता आवास कार्यक्रम कार्यविधि पनि छलफलमा
पुस ११, २०८२ |कान्तिपुर टीभी संवाददाता
कोशी प्रदेशको रोजगारी प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि-२०८२ स्वीकृत

विराटनगर । कोशी प्रदेश सरकारले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम कार्यान्वयन कार्यविधि-२०८२ लाई स्वीकृत गरेको छ।

यस्तै कोशी जनता आवास कार्यक्रम कार्यविधिलाई प्रदेश सरकार प्रदेश मामिला तथा विधायन समितिमा छलफल गरी अर्को मन्त्रिपरिषद् बैठकमा पेस गर्ने निर्णय भएको छ । शुक्रबारको बैठकले सम्पन्न आयोजना हस्तान्तरण कार्यविधि-२०८२ लाई स्वीकृत गर्ने निर्णयसमेत गरेको छ। 

बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरूवा भई आउनुभएका सहसचिव नारायणप्रसाद रिसाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको रूपमा काजमा खटाउने निर्णय समेत गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.