सरकारविरूद्ध नाराबाजी : ‘जेन-जीको माग हरायो, निर्वाचन भनि करायो’

‘अतिभो राजनीतिक खेल, आमा सरकार फेल’
पुस ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
सरकारविरूद्ध नाराबाजी : ‘जेन-जीको माग हरायो, निर्वाचन भनि करायो’

काठमाडौं । जेन-जी विद्रोहका मागहरू पूरा नभएको भन्दै मिराज ढुंगाना नेतृत्वको जेन-जी पुस्ता समूहले मंगलबार पनि सरकारविरूद्ध प्रदर्शन जारी राखेका छन् ।

सरकारले जेन-जी विद्रोहको भावनाअनुरूप अगाडि नबढेको भन्दै उनीहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका हुन् । यसअघि सोमबार भएको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दै जेन-जी अगुवा मिराज ढुंगाना लगायतलाई नियन्त्रणमा लिएको थियो । 

प्रदर्शनकारीहरूले ‘जेन-जीको माग हरायो, निर्वाचन भनि करायो’, ‘अतिभो राजनीतिक खेल, आमा सरकार फेल’, ‘घाइतेका माग पूरा गर’, ‘जेन-जीको माग चुनाव होइन सुशासन हो’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् । केही जेन-जी समूहहरूले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्नुपर्ने, जेन-जी विद्रोहमाथि भएको दमनमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन् । 

आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूको चेतावनी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.