
काठमाडौं । सरकारका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सर्वपक्षीय छलफलमा दलहरुले सरकारलाई दोष लगाउने काम मात्र गरेको बताउनुभएको छ । मन्त्री पुनले विदेशमा बस्ने नेपालीको लागि भोट गर्ने व्यवस्थाको प्रस्ताव भएपनि दलहरु यस विषयमा गम्भीर नभएको आरोप लगाउनुभयो ।
सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले समस्याको निकास र निराकरण गर्न पार्टी, पार्टीका नेताहरु, नागरिक समाज र स्वयंम सरकार असक्षम भए देशले सहि निकास नपाउनेमा जोड दिनुभयो । यसर्थ यसको सहि निकासका लागि युवाहरु नेतृत्व तहमा आउनुपर्ने र त्यसका लागि निर्वाचननै उत्तम विकल्प रहेकोमा मन्त्री पुनको जोड छ ।
निर्वाचनको संघारमा काठमाडौंमा जुलुस निकालेर समस्याको समाधान नहुने भन्दै मन्त्री पुनले युवाहरुलाई निर्वाचनमा केन्द्रित हुन आग्रह गर्नुभएको छ ।