रवि र बालेनबीच ६ घण्टा भेटवार्ता, सुखद सुरुवात भएको रास्वपा नेताको प्रतिकृया

पुस ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
रवि र बालेनबीच ६ घण्टा भेटवार्ता, सुखद सुरुवात भएको रास्वपा नेताको प्रतिकृया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भएको ६ घण्टाको भेटवार्ता सकारात्मक भएको छ ।

सोमबार दुई जनाबीच करिब ६ घण्टा भेटवार्ता भएको थियो । यो भेटलाई रास्वपाका नेता असिम साहले कथाको सुखद सुरुवात भएको प्रतिकृया दिनुभएको छ । उहाँले व्यक्तिको मात्र हैन देशले खोजेको आशाको मिलन भएको बताउनुभएको हो ।

भेटवार्तामा आसन्न निर्वाचनमा सहकार्य गर्ने विषयमा केन्द्रीत रहेको रास्वपाका नेताहरुले बताएका छन् । मिलेर जानेबारे दुई नेताहरु सकारात्मक रहेको पनि रास्वपाले जनाएको छ । रास्वपाले बालेन्द्रलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेर चुनावमा जाने तयारी गरेको छ ।

पार्टी सभापतिको जिम्मेवारी पुन: सम्हालेकै बेला रास्वपा सभापति लामिछानेले जेनजी आन्दोलनलाई संस्थागत गर्न वैकल्पिक शक्तिहरु मिलेर चुनावमा जाने घोषणा गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.