
काठमाडौं । विश्व ध्यान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
हरेक वर्ष डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा मनाउने गरिन्छ । काठमाडौंको टुंडिखेलमा आइतबार ध्यान र योग गरेर विश्व ध्यान दिवस मनाइएको छ । त्यस अवसरमा शिक्षामन्त्री महाबीर पुन, स्वास्थ्यमन्त्री सुधा गौतम र ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरूणले ध्यान र साधनाले मानिसको स्वास्थ्यसँगै आचरणमा पनि सुधार ल्याउने बताउनुभयो ।
ध्यानले मानिसको भ्रष्ट मानसिकतालाई कम गर्ने पनि उहाँहरूको भनाइ छ । ओशो तपोवनमा अहिले पनि करिब ६० देशका मानिसहरू आएर ध्यान गर्ने गर्छन्। ओशो तपोवनका संरक्षक स्वामी आनन्द अरूणले योग र ध्यानलाई कुनै सरकारी सहयोग नमिलेको भन्दै मुठी दानमा १५ प्रतिशत कर लाग्नु दुःखद भएको बताउनुभयो ।