कमल गाउँपालिकाबाट एक थान हतियार फेला

पुस ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
कमल गाउँपालिकाबाट एक थान हतियार फेला

झापा । झापा प्रहरीले आइतबार बिहान कमल गाउँपालिकाबाट एक थान हतियार फेला पारेको छ ।

कमल गाउँपालिका वडा नम्बर ५ धनप्रसाद मार्गस्थित गेउरिय खोलाको किनारमा बेवारिसे अवस्थामा हतियार फेला परेको प्रहरीले जनाएको छ । उक्त स्थानबाट एक थान ग्यासगन खिया लागेको बट, नालसहित जलेको अवस्थामा फेला परेको हो । 

उक्त हतियार जेन-जी आन्दोलनको क्रममा गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमक झापाबाट लुटपाट गरिएको प्रहरीको अभिलेखमा उल्लेख छ । यसअघि अस्ति पनि झापा प्रहरीले जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार फेला पारेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.