जेन-जी फ्रन्टको १३ सदस्यीय सल्लाहकार परिषद् घोषणा (विज्ञप्तिसहित)

पुस ६, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी फ्रन्टको १३ सदस्यीय सल्लाहकार परिषद् घोषणा (विज्ञप्तिसहित)

काठमाडौं । जेन-जी विद्रोहलाई संस्थागत गर्ने तथा विद्रोहप्रति सद्भाव राख्ने सम्पूर्ण नेपाली नागरिकमा एकताको आह्वान गर्ने उद्देश्यका साथ गठन गरिएको नेपाल जेन-जी फ्रन्टको १३ सदस्यीय सल्लाहकार परिषद् गठन गरिएको छ ।

फ्रन्टले आइतबार विज्ञप्ति जारी गर्दै फ्रन्टका कार्य अझ सुदृढ, सार्थक र प्रभावकारी बनाउने उद्देश्यले सल्लाहकार परिषद् गठन गरिएको जानकारी दिएको हो । परिषदमा डा. रामजी राम, साधना राई, डा. मीना पौडेल, आशुतोष तिवारी, मिलन पाण्डे, प्रगति राई, नवीन प्राचीन, दिव्येश गिरि, अनन्त अर्याल, रमेश पौड्याल, सस्मित पोखरेल, प्रमेश श्रेष्ठ र सरोज गौतम रहेका छन् ।

फ्रन्टले जेन-जी विद्रोहपछिको सङ्क्रमणकालीन समयबाट लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले सफल अवतरण गराउने माध्यम भनेको सरकार र जेन-जीबीच भएको सम्झौताको पूर्ण कार्यान्वयन र आसन्न प्रतिनिधि सभाको चुनाव समयमा गराउने नै रहेको जनाएको छ । 

यसका लागि विभिन्न बहुपक्षीय सरोकारवाला संवाद र जनजागरण सभाजस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गरिरहेको पनि फ्रन्टले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.