
काठमाडौं । जेन-जी आनदाेलनका अगुवा सुधन गरूङले जेन-जी जनादेश प्रधानमन्त्री सुशीला कार्कीबाट हस्ताक्षर भई राजपत्रमा प्रकाशित भएर सार्वजनिक भइसके पनि राष्ट्रपति रामचन्द्र पाैडेलबाट हस्ताक्षर हुन आनाकानी भइरहेको आरोप लगाउनुभएकाे छ ।
जेन-जी आनदाेलनका अगुवा सुधन गरूङ सामाजिक सञ्जाल फेसबुकमा आइतबार एक स्ट्याटस लेख्दै यस्ताे आराेप लगाउनभएकाे हाे । गरूङका अनुसार यसका कारण जेन-जी र सरकारपक्षबीच भएको सम्झौताअनुसार भ्रष्टाचारी तथा हत्यारामाथि छानबिन र कारबाही अघि बढ्न सकेको छैन। उल्टै, भदौ २३/२४ का घटनालाई आधार बनाएर झुठा र अभद्र मुद्दामा फसाई जेन-जीका कार्यकर्ता तथा पीडित पक्षलाई पक्राउ गरिएको उहाँको दाबी छ।
पटक-पटक जेन-जीहरूकाे रिहाइका लागि पहल गर्दा पनि मुद्दा र धरौटीका कारण पीडित पक्षका परिवार रिहा हुन नसकेको उहाँकाे भनाइ छ। अबदेखि रिहाइसम्बन्धी विषयमा आफूहरूसँग नभइ सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल तथा उहाँका स्वकीय सचिवलाई सम्पर्क गर्न पीडित पक्षका परिवारलाई फेसबुकमार्फत गरुङले आग्रह गर्नुभएकाे छ ।
गरुङद्वारा सार्वजनिक गरिएका सम्पर्क विवरणअनुसार यसप्रकार छ
गृहमन्त्री ओमप्रकाश अर्याल : ९८४१२९३८६७
स्वकीय सचिव धिरज जोशी : ९८६१४८४६३२
गृहसचिव रामेश्वर दंगाल : ९८४१३६४००९
