जेन-जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने

कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ सम्मानित
पुस ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं । जेन-जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

घाइते पत्रकारहरूलाई नगदसहित सम्मान गर्न सिंहदरबारमा आयोजित कार्यक्रममा सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले घाइते भएका पत्रकारहरूको उपचारमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । कार्यक्रममा जेन-जी आन्दोलनको रिपोर्टिङ गर्दा घाइते भएका कान्तिपुर टेलिभिजनका भिडियो पत्रकार श्याम श्रेष्ठ, नयाँ पत्रिका दैनिकका दीपेन्द्र ढुंगाना, नेपाल प्रेसका उमेश कार्की र पत्रकार शम्भु दंगाललाई मन्त्रालयमा सम्मान गरिएको हो ।

मन्त्री खरेलले घाइते पत्रकारहरूले चाहेको खण्डमा उचित रोजगारीको व्यवस्थापन पत्रकार महासंघले गर्नुपर्नेमा जोड दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.