
धनकुटा । संखुवासभामा निर्माणाधीन अरूण तेस्रो जलविद्युत् आयोजनाले 'भारी' निर्माण सामग्री तार्न धनकुटाको मूलघाटस्थित तमोर नदीमा 'अण्डरपास' बनाइरहेको छ ।
'भारी' निर्माण सामग्री पुलबाट ओसार्न जोखिम हुने भएकाले ६० मिटर लामो अन्डरपास बनाउन थालिएको हो । मूलघाटमा तमोर नदीमाथि २०४० सालमा निर्माण भएको दुईसय मिटर लामो पक्की पुल छ। उक्त पुलको अधिकतम भारजहन क्षमता ७० टन मात्रै हो । तर आयोजनाका उपकरणसहित ट्रकको तौल एकसय ४० टनसम्म हुने आयोजनाका डिजिएम पंकज आनन्दले जानकारी दिनुभयो ।