
कर्मचारीहरूको लापरवाहीको जनगुनासो बढेपछि मुख्यमन्त्री तथा मन्त्रिपरिद्को कार्यालयले जनकपुरधामस्थित प्रदेश सरकारको विभिन्न मन्त्रालय र मातहतका १८ वटा कार्यालयमालगातार दुई दिन गरेको छड्के अनुगमनको क्रममा बिदा स्वीकृति बिनानै घर बसेका ३४ जना र तोकिएको पोषाक नलगाइ कार्यस्थलमा उपस्थित भएको पाइएका ३८ जनासहित कुल ७२ जना कर्मचारीहरू कारबाहीमा परेका हुन् ।
सोमध्ये खेलकुद तथा समाज कल्याण मन्त्रालयका नाै जना, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका चार जना, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तीन जना, शिक्षा तथा संस्कृति मनत्रालयका पाँच जना, गृहसञ्चार तथा कानुन मन्त्रालय एक जना, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका आठ जना, वन तथा वतावरण मन्त्रालयका छ जना, भौतिक पूर्वाधार विकास मन्त्रालयका पाँच जना, उर्जा सिँचाई तथा खानेपानी मन्त्रालयका तीन जना लगायतका विभिन्न कार्यालयका कर्मचारीहरू रहेका छन् ।
कारबाहीमा परेका ७२ जना मध्ये पुरूष ५५ र महिला कर्मचारी १७ जना रहेको मधेश प्रदेशका निमित्त मुख्य सचिव रामकुमार महतोले जानकारी दिनुभयो । उपसचिव स्तरका दुई जना, शाखा अधिकृत ४१ जना, नायब सुब्बा १६ जना, खरिदार चार जना, सवारी चालक तीन जना र कार्यालय सहयोगी ६ जनालाई स्पष्टिकरण सोधिनुका साथ नसिहत दिने कार्य अनुगमन टोलीले गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिद्को कार्यालयले प्रदेश सरकार मातहत रहेका मधेशको आठै जिल्लामा रहेका विभिन्न कार्यालयहरूको छड्के अनुगमनलाई निरन्तरता दिने निमित्त मुख्य सचिव महतोको भनाइ छ । सरकारी कामकारबाहीलाई चुस्त दुरूस्त र प्रभावकारी बनाउने तीन दिन अघि मात्र कर्मचारीहरूको नाममा मुख्य सचिव महतोले २३ बुँदे निर्देशन जारी गर्नुभएको थियो ।