विपत्ति खेपेको इलाममा सरकारले पुर्ननिर्माणको ठोस काम नगरेको भन्दै स्थानीय आन्दोलित

पुस २, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपत्ति खेपेको इलाममा सरकारले पुर्ननिर्माणको ठोस काम नगरेको भन्दै स्थानीय आन्दोलित

काठमाडौं । गत असोज १८ र १९ गतेको भीषण वर्षाको विपत्ति खेपेको इलाममा सरकारले पुर्ननिर्माणको ठोस काम नगरेको भन्दै स्थानीय आन्दोलित बनेका छन् ।

संघर्ष समिति नै गठन गरेर इलामका बासिन्दाले बुधबार सडक डिभिजन कार्यालयमा तालाबन्दी गरेका हुन् । सचेत इलामेली नागरिकको नाममा संघर्ष समिति गठन गरेका इलामेहरूले बुधबार मेची राजमार्गको इलाम जिरो किलोमिटर खण्डमा एक घन्टा चक्काजाम गरे । 

उनीहरू सडक डिभिजन कार्यालयमा धर्ना दिँदै ज्ञापनपत्र बुझाएर तालाबन्दी गरेका उनीहरूले जिल्ला प्रशासन कार्यालयमा समेत धर्ना दिए । विपत्तिका कारण क्षति पुगेको संरचनाका लागि लागि करिब १२ अर्ब रूपैयाँ आवश्यक रहेको तथ्यांक छ । तर अहिलेसम्म सरकारबाट ठोस पहल नहुँदा आउदो बर्खामा इलामको जनजीवन थप कठिन हुने स्थानीयको चिन्ता छ । 

असोज १८ र १९ को भीषण वर्षापछि आएको बाढी पहिरोमा इलाममा ३९ जनाको ज्यान गएको थियो भने एक जना अझै बेपत्ता छन् । त्यस्तै ३ सय ६५ घर पूर्णरूपमा विस्थापित बनेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.