प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

पुस २, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

कांग्रेस सांसदहरूले प्रधानमन्त्रीको नियुक्ति र प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै मंसिर २३ गते रिट दायर गरेका थिए । सर्वोच्चको संवैधानिक इजलासले बुधबार कारण देखाउ आदेश जारी गरेको हो ।

रिटमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री र निर्वाचन आयोग लगायतलाई विपक्षी बनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.