नेपाल ट्रस्ट जग्गा प्रकरणमा पूर्वसचिव अर्जुनबहादुर कार्कीसहित चार जनाविरूद्ध मुद्दा दायर

जग्गा भाडामा दिने निर्णय हुँदा ठगी भएको दाबी
पुस २, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल ट्रस्ट जग्गा प्रकरणमा पूर्वसचिव अर्जुनबहादुर कार्कीसहित चार जनाविरूद्ध मुद्दा दायर

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो- सीआईबीले नेपाल ट्रस्टको दरबारमार्गस्थित दुई रोपनी जग्गा लिजमा दिने निर्णयमा ठगी भएको भन्दै मुद्दा दर्ता गरेको छ ।

बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । करिब एक महिना लामो अनुसन्धानपछि सीआईबीले नेपाल ट्रस्टका तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थामसेर्कु डेभलपर्सका सञ्चालक सोनाम शेर्पामाथि ठगी र आपराधिक लाभको आरोपमा मुद्दा चलाउनुपर्ने राय लेखेर ६ दिनअघि सरकारी वकिल कार्यालयमा बुझाएको थियो । 

उनीहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ९४ रूपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भए पनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २ सय ४ रूपैयाँ ६० पैसामा सम्झौता गरेको र उक्त सम्झौता नियम संगत नदेखिएको र ठगी गरेको सीआईबीको निष्कर्ष छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.