एनपीएलको उपाधिका लागी सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्ने

मंसिर २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
एनपीएलको उपाधिका लागी सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्ने

काठमाडौै ।  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको उपाधिका लागी सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स प्रतिस्पर्धा गर्ने भएका छन् । आज सम्पन्न दोस्रो क्वालिफायर्स खेलमा विराटनगर किङ्सविरुद्ध ४० रनको सानदार जित हात पार्दै लुम्बिनीले सुदूरपश्चिमसंगको उपाधि भिडन्त पक्का गरेको हो । हारसँगै विराटनगरले तेस्रो स्थानमा रहेर लिग समाप्त गरेको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा विराटनगरले टस जितेर फिल्डिङ रोजेपछी सुरुवातमा ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउादै १३४ रन बनाएको थियो । ओपनर दिनेश अधिकारी व्यक्तिगत १ रनमा आउट भएका थिए । कप्तान रोहित पौडेल र डार्शी सर्टले दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरे । रोहितले ३४ रन योगदान दिए । सर्टले सर्वाधिक ४५ रन बनाए ।

निरोशन डिकवालाले २९ रन रनमा बाहिरिदा सन्दीप जोरा र जेजे स्मिथले खाता खोल्न सकेनन् । दिलीपन नाथ १ र शेर मल्लले ७ रनमा बाहिरिए । विराटनगरका बलरहरु विशेष गरी सुभाष भण्डारी र प्रतिस जीसीले समान ३-३ तथा कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।

१ सय ३५ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको विराटनगरले १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो ।

विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ३४ रन बनाए । नरेन भट्टले २१ र मर्चेन्ट डे लाङले १७ रन बनाए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि तिलक भण्डारीले ३ तथा रुबेन ट्रम्पलम्यान अभिशेष गौतम र जेजे स्मिथले २ विकेट लिए । शेर मल्लको नाममा १ विकेट रहृयो ।

विराटनगर पहिलो क्वालिफायर्समा सुदूरपश्चिम रोयल्ससाग ७७ रनले पराजित भएको थियो भने एलिमिनेटरमा काठमाडौं गोर्खाजलाई ४ विकेटले हराउादै लुम्बिनीले दोस्रो क्वालिफायर्समा स्थान बनाएको थियो । सुदूरपश्चिम र लुम्बिनीबीचको फाइनल भिडन्त शनिबार खेलिने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.