
काठमाडौं । जेन-जी अभियन्ता मिराज ढुंगाना र जीतेन्द्रकुमार महतोलाई प्रहरीले २ घण्टा नियन्त्रणमा लिएर छाडेको छ ।
सरकार र जेन-जीबीचको सम्झौताको विरोधमा सिंहदरवार गेटमा प्रदर्शन गर्न खोज्दा ढुंगाना र महतोलाई प्रहरीले नियन्त्रणमा लिएको थिए । आफूहरुलाई २ घण्टापछि छाडिएको महतोले बताउनुभयो ।