सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछ : अध्यक्ष मगर

मंसिर २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछ : अध्यक्ष मगर

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले सुशासन कमजोर भए भ्रष्टाचार मौलाउने बताउनुभएको छ ।

सोमबार १७औं राष्ट्रिय मानव अधिकार महाभेला, २०८२ एवं ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचार हटाउन तथा कम गर्नको लागि अभियान चाल्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । 

उहाँले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम हुनुपर्नेमा जाेड दिनुभयाे । उहाँले जेन-जी मुभमेन्टले नेपालमा नयाँ आयाम थपेको बताउनु भयो । भ्रष्टाचार मौलाए बेथिति बढ्ने र बेथिति भए मानव अधिकार ओझेलमा पर्ने उहाँकाे भनाइ थियाे । अध्यक्ष मगरले संविधानबाट छुवाछुत मुक्त भइसके पनि समुदाय र व्यवहारमा अझै हुन नसकेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.