एमाले महाधिवेशन : नेतृत्वको एकाधिकार तोड्दै नीति र नेतृत्व रूपान्तरण गर्नुपर्नेमा नेताहरूको जोड

मंसिर २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले महाधिवेशन : नेतृत्वको एकाधिकार तोड्दै नीति र नेतृत्व रूपान्तरण गर्नुपर्नेमा नेताहरूको जोड

काठमाडौं । नेकपा (एमाले)का नेताहरूले पार्टी प्रक्रिया र प्रणालीमा चल्न नसकेको भन्दै आसन्न महाधिवेशनबाट नीति र नेतृत्वको रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । 

नेतृत्वले लोकतान्त्रिक विधिअनुसार पार्टी चलाउन नसक्दा एमालेप्रति जनताको विश्वास कमजोर हुँदै गएको उनीहरूको भनाइ छ । एमालेको ११औं महाधिवेशनबारे अलग्गै समूह बनाएर नयाँ नेतृत्व छान्ने अभियान चलाइरहेका नेताहरूले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीको एकाधिकारले पार्टी कमजोर बन्दै गएको आरोप लगाए । 

अध्यक्ष ओलीले आफूलाई सर्वेसर्वा ठानेको र पार्टीमा बहस तथा छलफललाई निषेध गरेको दाबी गर्दै नेताहरूले पार्टीहरूमा दुई कार्यकालको व्यवस्था कानुनमै गर्नुपर्नेमा जोड दिए । नेताहरूको अध्यक्ष ओलीले जनताको बहुदलीय जनवादको अपव्याख्या र अवमुल्यन गरेको तथा आफूले तोकेर नेता छान्न खोजेको आरोप पनि लगाए । एमालेमा यो समूहले ईश्वर पोखरेललाई अध्यक्षको उम्मेदवार बनाएर ११औं महाधिवेशनमा होमिँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.