
काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेको व्यक्तिले काम गर्न पाउने कानुन बनाउनुपर्ने माग गर्नुभएको छ ।
बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले अमेरिकासहितका अन्य देशहरूमा १६ वर्षमा काम गर्न पाउने व्यवस्था रहेको तर नेपालमा १८ वर्ष नै पुग्नुपर्ने व्यवस्था रहेको बताउनु भयो ।
यसलाई हटाएर १६ वर्षमै काम गर्न पाउने कानूनी प्रावधान जरूरी रहेको उहाँकाे भनाइ छ । नेपाली युवाहरू विश्वभर छरिएका र उनीहरूले पठाएको रकमबाट देश चलिरहेको भन्दै उनीहरूलाई स्वदेशमै रोजगारी दिनसक्ने वातावरण बनाउनुपर्ने उहाँले बताउनु भयो ।
उहाँले ऋणमाथि ऋण थुपार्ने भन्दा सरकारले रोजगारी दिने वातावरण सिर्जना गर्नुपर्ने बताउनु भयो ।