जेन-जी आन्दाेलनबाट क्षतिग्रस्त भवनको दुई वर्षभित्र पुनर्निर्माण सक्छौं : शहरी विकास सचिव सिग्देल

मंसिर १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दाेलनबाट क्षतिग्रस्त भवनको दुई वर्षभित्र पुनर्निर्माण सक्छौं : शहरी विकास सचिव सिग्देल

काठमाडौं । शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले शहरी विकास मन्त्रालयले जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी भवनहरूको निर्माणका लागि पुनर्निर्माणको प्रक्रिया अघि बढाउन लागिएको बताउनुभएको छ ।

बुधबार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बोल्दै उहाँले दुई वर्षभित्र पुनःनिर्माणको सम्पुर्ण काम सक्ने लक्ष्य रहेको बताउनु भयो । मध्यम प्रकारको क्षति भएका भवनहरूको काम ६ महिनादेखि १ वर्षभित्र सकिने उहाँले बताउनु भयो । 

उहाँले क्षतिग्रस्त भवनको अध्ययन विज्ञहरूबाटै गर्न जरूरी रहेको बताउनु भयो । उहाँकाअनुसार मन्त्रालयको कार्ययोजना दुई वर्षभित्र सबै पुनर्निर्माणका कामहरू सक्नेछ । मध्यम क्षतिको ६ महीनादेखि १ वर्षभित्र निर्माण सकिने उहाँले बताउनु भयो ।

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले चालु आर्थिक वर्षका कतिपय कार्यक्रमहरूमा छुट्याइएका बजेटहरू स्थगन गरिएको बताउनुभएको छ । सचिव शर्माले वार्षिक कार्यक्रम योजनाहरूमा बजेट कटौती भन्दा पनि स्थगन गरिएको बताउनु भयो । उहाँकाअनुसार जेन-जी आन्दोनपछि बनेको सरकारले वार्षिक बजेटलाई पुनः प्राथमिकरण गरेको हो ।

सचिव शर्माले राष्ट्रिय गौरवका आयोजनाहरूलाई सरकारले प्राथमिकताका साथ अघि बढाइरहेको बताउनु भयो । उहाँले जेन-जी आन्दोलनका कारण भौतिक क्षति पुगेका कार्यालयहरूको पुनर्निर्माणको काम अघि बढाइसकिएको जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.