
काठमाडौं । सामाजिक सुरक्षा कोषले १ खर्ब २६ अर्ब रुपैयाँ लगानी गरेको छ ।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषमा योगदानकर्ताबाट जम्मा भएको ९५ अर्बसहित १२६ अर्ब रुपैयाँ सामाजिक सुरक्षा कोषले विभिन्न ठाउँमा लगानी गरेको जानकारी दिनुभयो । आठौँ सामाजिक सुरक्षा कोष दिवसका अवसरमा बोल्दै उहाँले लगानी कार्यविधि बमोजिम मुद्दति खातादेखि विभिन्न ऋणपत्रमा लगानी गरेको बताउनु भयो । कार्यकारी निर्देशक अधिकारीकाअनुसार ५८ अर्ब ८९ करोड बैंकको विभिन्न मुद्दतीमा लगानी भएको छ भने ३२ अर्ब १९ करोड ट्रेजरी बिलमा, २१ अर्ब ७६ करोड विकास ऋणपत्रमा, ४ अर्ब ५२ करोड डिबेञ्चरमा, १ अर्ब ९५ करोड म्याचुयल फण्डमा लगानी गरिएको छ । त्यस्तै कोषले २० हजार योगदानकर्तालाई सापटी बापत ७ अर्ब ७९ करोड ८३ लाख रकम लगानी गरेको छ । योगदानकर्ता सापटि अन्तर्गत कोषले वार्षिक ५.२ प्रतिशत व्याजदरमा विशेष सापटी दिने गरेको छ भने ५.८६ प्रतिशत ब्याजदरमा घर तथा शैक्षिक सापटी दिनेगरी अधिकारीले बताउनु भयो ।
अधिकारीकाअनुसार कोषमा श्रमिकहरुको आवद्धताका लागि ११४ ओटा पालिकासँग एमओयू गरिसकिएको बताउनु भयो । केही पालिकाले योगदान रकम जम्मा गर्न थालिसकेको उहाँको भनाइ छ ।