मतदाता नामावलीमा नाम दर्ताको समय पाँच दिन थप

कार्तिक २८, २०८२ |कान्तिपुर टीभी संवाददाता
मतदाता नामावलीमा नाम दर्ताको समय पाँच दिन थप

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आग्रहमा निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ताको समय पाँच दिन थपेको छ ।

नाम दर्ता गराउनेको उत्साह र चापलाई ध्यानमा राखी म्याद थप गर्न प्रधानमन्त्री कार्कीले कार्यवहाक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई फोन गर्नुभएको थियो । जवाफमा उहाँले पाँच दिन थप गर्न तयार रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री कार्कीले चुनावको सुरक्षाको जिम्मा सरकारले लिने बताउनुभयो । आयोगले फागुन २१ का लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनका लागि कात्तिक ३० सम्म मतदाता नामावली दर्ताको समय तोकको थियो । पाँच दिन थपेपछि अरू मतदाता पनि थपिने प्रधानमन्त्री कार्कीको विश्वास छ । 

अहिले दैनिक ३० हजारको हाराहारीमा मतदाताले नाम दर्ता गराइरहेका छन् । तर आयोगको सर्भरमा समस्या देखिएपछि समस्या हुने गरेको छ । समयमै व्यवस्थापन नगरेको भन्दै आयोगको आलोचना पनि भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.