
काठमाडौं । जेन–जी प्रतिनिधि सुदन गुरुङले जेन–जीले राखेका माग पूरा नभएसम्म निर्वाचन हुन नसक्ने बताउनुभएको छ ।
आज बिहान लैनचौरस्थित खड्का ल्याण्ड प्रालिले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुगेका गुरुङले सुशासनका लागि जेन-जीले उठाएका माग पुरा गर्नुपर्ने दोहोर्याउनुभएको हो ।
उहाँले केही बाहेकका सबै जेन–जीहरु एक ठाउँमा रहेको भन्दै जेन–जीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी पनि दिनुभयो ।
जेन–जीका माग पूरा गर्न छोडेर सरकारले निर्वाचनको रटान मात्र लगाइरहेको भन्दै उहाँले असन्तोष व्यक्त गर्नुभयो ।