पश्चिम नवलपरासीको बसैयामा दुई राउण्ड हवाई फायर

कार्तिक २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
पश्चिम नवलपरासीको बसैयामा दुई राउण्ड हवाई फायर

नवीन पौडेल । पश्चिम नवलपरासीको नेपाल भारत सीमा नजिकै तस्कर र सशस्त्र प्रहरीबीचको झडपमा दुई राउन्ड हवाइ फायर भएको छ । गएराति प्रतापपुर गाउँपालिका बसैया नाकामा सुरक्षा जाँच गर्ने क्रममा सुरक्षाकर्मीमाथि आक्रमणको प्रयास भएको र झडप हुँदा हवाइ फायर गर्नुपरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका प्रमुख सन्तोष रायमाझीले बताउनुभयो ।

मध्यरातमा ६ वटा मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका मानिसलाई जाँच गर्ने क्रमा झडप भएको उहाँले बताउनुभयो । सशस्त्र प्रहरी निरीक्षकसहितको टोलिमाथि आक्रमणको प्रयास भएको उहाँले बताउनुभयो ।

पहिले ६ जनाले विवाद गरेको र विवाद बढ्दै जाँदा भारततर्फ बाट थप ३०/३५ जना मानिस आएर हुल हुज्जत गरेको दाबी प्रहरीको छ । स्थिति नियन्त्रणमा लिन हवाइ फायर गरेपछि तस्करीमा सम्लग्न मानिसहरू भारततर्फ नै भागेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूले छाडेको १ सय ५० किलोजति सुकेको माछासमेत बरामद गरेको छ 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.