निवर्तमान आईपीजी खापुङलाई विदेश जान रोक

कार्तिक २७, २०८२ |कान्तिपुर टीभी संवाददाता
निवर्तमान आईपीजी खापुङलाई विदेश जान रोक

काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जााचबुझ आयोगले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक चन्द्रकुबेर खापुङलाई विदेश जान रोक लगाएको छ ।आयोगको आज बसेको बैठकले निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश जान रोक लगाउने निर्णय गरेको हो । 

आयोगले आफ्नो अनुमतिविना खापुङ काठमाडौं उपत्यका छाडेर बाहिर जान पनि नपाउने निर्णय गरेको छ । खापुङ आजैदेखि प्रहरी महानिरीक्षकबाट सेवा निवृत्त हुनुभएको थियो । 

आयोगले भदौ २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने भएकाले आजैदेखि लागू हुने गरी विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न सम्बन्धित निकायलाई पत्राचार गरेको हो । 

यसबारे खापुङलाई जानकारीसमेत दिइसकेको आयोगले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.