रेड बुल नेपालले सार्वजनिक गर्‍यो नयाँ ‘रेड बुल कार्बोनेटेड एनर्जी ड्रिङ्क’

कार्तिक २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
रेड बुल नेपालले सार्वजनिक गर्‍यो नयाँ ‘रेड बुल कार्बोनेटेड एनर्जी ड्रिङ्क’

काठमाडौं । नेपालमा रेड बुलको आधिकारिक निर्माता र वितरक सरस बेभरेज प्रा.लि.ले नयाँ उत्पादन ‘रेड बुल कार्बोनेटेड एनर्जी ड्रिङ्क’ सार्वजनिक गरेको छ। 

कम्पनीले काठमाडौंस्थित एभरेष्ट होटलमा विशेष समारोहका बीच नयाँ पुस्ताका लागि तयार गरिएको ‘रेड बुल कार्बोनेटेड एनर्जी ड्रिङ्क’ (३३० मिलि)’ सार्वजनिक गरेको हाे । यो नयाँ पेय पदार्थले उर्जा प्रदान गर्ने उद्देश्यका साथ नेपाली उपभोक्तालाई लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यो नयाँ उत्पादनले ताजगी र उर्जाको संयोजन गर्दै नेपाली उपभोक्ताको रोजाइमा पर्ने अपेक्षा गरिएको छ।

२०७९ डिसेम्बरमा पहिलो पटक नेपाली बजारमा प्रस्तुत गरिएको रेड बुल एनर्जी ड्रिङ्कले उपभोक्तामाझ उल्लेखनीय सफलता हासिल गरेको छ। त्यसपछि कम्पनीले नयाँ स्वाद र प्याकेजिङमा थप सुधार गर्दै उपभोक्ताको मागअनुसार नयाँ संस्करण बजारमा ल्याएको हो।

सरस बेभरेजका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र सिलवालले भन्नुभयाे, “हामीले नयाँ उत्पादनमा ताजगी, स्वाद र कार्यक्षमताको उत्तम संयोजन प्रस्तुत गरेका छौं। यसले रेड बुलको ब्रान्डलाई थप सशक्त बनाउने विश्वास लिएका छौं।” उहाँका अनुसार, सरस बेभ्रज प्रा.लि.ले नेपालमा रेड बुलका उत्पादनहरू नियमित रूपमा निर्माण र वितरण गर्दै आएको छ। कम्पनीले उपभोक्ताको स्वास्थ्य र सन्तुष्टिलाई ध्यानमा राख्दै विश्वस्तरीय गुणस्तर कायम राखेको दाबी गरेको छ।

रेड बुल नेपालका अनुसार नयाँ कार्बोनेटेड एनर्जी ड्रिङ्कले युवा पुस्ता, खेलकुद प्रेमी र व्यस्त पेसेवरहरूलाई लक्षित गरेको छ। कम्पनीले आगामी दिनमा पनि नेपाली बजारमा नवीनतम प्रविधि र स्वादयुक्त पेय पदार्थहरू उपलब्ध गराउने जनाएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.