
जाजरकोट । जाजरकोट भूकम्प गएको आज ठिक दुई वर्ष पुगेको छ ।
दुई वर्ष पुगिसके पनि प्रभावित भने अझै अस्थायी टहरामै बस्न बाध्य छन् भने अझैले दोस्रो किस्ता वापतको २५ हजार रूपैयाँसमेत पाउन सकेका छैनन् । २०८१ फागुन २१ गते तत्कालीन गृहमन्त्री रमेश लेखकले जाजरकोट, रूकुम पश्चिम र सल्यानका भूकम्पपीडितका निजी आवास पुनर्निर्माण र मर्मत कार्यलाई तीव्रता दिन भेरी नगरपालिका-१ रिम्नामा स्थापना गरेको जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुन:स्थापना आयोजना कार्यान्वयन इकाईको काम भने शुन्य छ ।
सिनियर डिभिजनल इन्जिनियरसहित ८ जना स्थायी दरबन्दी, १ हलुका सवारी चालक र १ कार्यालय सहयोगी करारसहित १० जनाको दरबन्दी रहेको उक्त कार्यालयमा हाल १ जना लेखापाल र १ जना कार्यालय सहयोगी मात्रै रहेका छन् । कार्यालयमा बजेट र कर्मचारी नहुँदा कुनै पनि काम नभएको उहाँले बताउनुभयाे ।
झलक घर्ती (जिल्ला भूकम्पीय पुनर्निर्माण तथा पुन:स्थापना आयोजना कार्यान्वयन इकाई) हालसम्म ४१ हजार ७ सय ११ लाभग्राहीले अस्थायी आवासको लागि पहिलो किस्ता बापतको २५ हजार रूपैयाँ पाए पनि ३५ हजार ८ सय ८३ जनाले मात्रै दोस्रो किस्ताको रकम प्राप्त गरेका छन् । करिब २८ हजार घरपरिवारको डीडीए सम्पन्न भएको छ ।