बारा-३ र ४ मा रास्वपा विजयी

फाल्गुन २३, २०८२ |रासस
बारा-३ र ४ मा रास्वपा विजयी

बारा । बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन् । बारा-३ मा अरविन्द साह र बारा-४ मा रहबर अन्सारी निर्वाचित हुनुभएको हो ।

बारा-३ मा साहले ४० हजार ६ सय ७७ र बारा-४ मा अन्सारीले ४१ हजार दुई सय मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

बारा-४ मा नेपाली कांग्रेसका फर्सुल्लाह मंसुरले १० हजार ५२ मत प्राप्त गर्नुभयो भने बारा-३ मा नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले सात हजार १ सय २३ मत प्राप्त गर्नुभएको छ ।