गोरखा-१ को मतगणना सुरू

फाल्गुन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
गोरखा-१ को मतगणना सुरू

गोरखा । प्रतिनिधि सभा गोरखा-१ को मतगणना सुरू भएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको हलमा मतगणना स्थल तोकिएको छ । गोरखा-१ अन्तर्गत पर्ने उत्तरी क्षेत्रको १४ केन्द्रको मतपेटिका शनिबार मात्र मतगणना स्थल आइपुगेको थियो ।

भौगोलिक विकटता रहेको उत्तरी क्षेत्रको नाै मतदान केन्द्रको मतपेटिका शुक्रबार र १४ केन्द्रको हेलिकप्टरमार्फत गोरखा सदरमुकाम ल्याएपछि गणना सुरू गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गोरखा-१ मा रास्वपाका सुधन गुरुङ, नेकपाका हरिराज अधिकारी, कांग्रेसका प्रेम कुमार खत्री, एमालेका आरसी लामिछाने उम्मेदवार छन् । गोरखा-१ मा १ लाख २० हजार पाँच सय २५ मतदाता रहेकोमा ६४ हजार ५ मत खसेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.