जनभावनाअनुसार काम गर्ने सभापति लामिछानेको प्रतिबद्धता

फाल्गुन २३, २०८२ |कान्तिपुर टीभी संवाददाता
जनभावनाअनुसार काम गर्ने सभापति लामिछानेको प्रतिबद्धता

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनभावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

चितवन क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि प्रमुख निर्वाचन अधिकृतबाट विजयी भएको प्रमाणपत्र लिएपछि पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले राष्ट्र निर्माणलाई केन्द्रमा राखेर काम गर्ने बताउनुभयो ।

जनताले दिएको जिम्मेवारी पूरा गर्न सजिलो नभएको भन्दै उहाँले लोकतन्त्रमा फरक मतको सम्मान गर्दै अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी मात्तिएर होइन संयमित भएर काम गर्नुपर्छ । प्रतिपक्षलाई होच्च्याउनु हुँदैन । लोकतन्त्रमा फरक मतको सम्मान गर्नुपर्छ ।”


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.