
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम रास्वपाको पक्षमा आइरहेका बेला प्रवक्ता झाले आवश्यकता भन्दा बढी उत्साहित नभइ त्यसलाई देशको समस्या समाधान गर्ने जिम्मेवारीको रूपमा बुझेर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभएको हो ।
धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा भारी मतले निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ मतदाताले आफूहरूलाई विश्वास गरेकाले उनीहरूलाई निराश हुन नदिने गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । प्रवक्ता झाले आफू र आफन्तका लागि नभइ देशका लागि राजनीति गर्न आएकाले त्यसमा सुधार हुँदै जाने कुरामा शंका गरिरहनु नपर्ने जिकिर समेत गर्नुभयो ।
प्रवक्ता झाले राष्ट्रिय स्वतन्त्र पार्टीले नेता नभइ सहककर्ताको रूपमा जनताको सेवा गर्ने समेत बताउनु भयो ।