जेन-जी आन्दोलनपछि बन्द रहेका यातायात कार्यालय सञ्चालनमा आउँदै

कार्तिक १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
 जेन-जी आन्दोलनपछि बन्द रहेका यातायात कार्यालय सञ्चालनमा आउँदै

काठमाडौं । जेन-जी आन्दोलनपछि बन्द रहेका यातायात कार्यालय सञ्चालनमा आउन थालेका छन ।

यातायात व्यवस्था विभागको सर्भर मर्मत भएसँगै काठमाडौं उपत्यकाका ४ वटा कार्यालयबाट सेवा सञ्चालनमा आएका हुन्। यातायात व्यवस्था कार्यालय गुर्जुधारा, सानोभर्याङ र एकान्तकुनाका दुई वटा कार्यालयको सेवा पुन: सुरू भएका हुन् । यी कार्यालयबाट सवारी साधनको नवीकरणका साथै राजस्व पनि तिर्न सकिने छ । 

सवारी चालक अनुमति पत्रको भने काम सुरू भएको छैन । यातायात व्यवस्था कार्यालय राधे-राधे र चावहिल भने कहिलेदेखि सञ्चालनमा आउछन् भन्नेबारे अझै अनिश्चित छ । उपत्यकाबाहेकका कार्यालयहरूको हकमा भने छिट्टै सेवा सुरू गर्ने विभागका निर्देशक नरहरी तिवारीले जानकारी दिनुभयो । 

यता यातायात व्यवस्था विभागले सूरक्षण मुद्रणसँग १२ लाख सवारी चालक अनुमति पत्र लाइसेन्स छपाइको समझदारी पनि गरेको छ । विभागमा रहेको उपकरण जेन-जी आन्दोलनमा तोडफोड भएपछि सेवा अवरूद्ध थियो । मुद्रणले अतिआवश्यक पर्नेलाई दैनिक ५ सय सवारी चालक अनुमति पत्र छपाई गरेर दिने पनि प्रतिबद्धता जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.