पार्टी एकताबारे छलफलमा दाहाल-नेपाल

कार्तिक १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
पार्टी एकताबारे छलफलमा दाहाल-नेपाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकताबारे छलफल भएको छ ।

केही समयअघि माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा सुरू भएको छलफलमा संयोजक दाहाल र अध्यक्ष नेपालसँगै दुवै दलका तर्फबाट गठित पार्टी एकता कार्यदलका सदस्यहरू पनि सहभागी हुनुहुन्छ । माओवादी केन्द्र र एकीकृत समाजवादी यही कात्तिक २० गते पार्टी एकताको मिति तय गर्दैछन् । 

एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने सहमति भइसकेको छ । छलफलबाट पार्टीको सांगठानिक संरचना कस्तो हुने भन्ने टुंगो लाग्ने बताइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.