प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूबीच छलफल

देशको संवेदनशीलतालाई ध्यानमा राख्दै जिम्मेवार भएर प्रस्तुत् हुन सुरक्षा निकायका प्रमुखहरुलाई आग्रह
कार्तिक ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री र गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित सुरक्षा निकायका प्रमुखहरूसँग देशको शान्ति सुरक्षाको विषयलाई लिएर शनिबार छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै दुई घण्टा भएको छलफलमा चार वटै सुरक्षा निकायका प्रमुखहरूले देशको पछिल्लो शान्ति सुरक्षाको अवस्था र चुनौतीका विषयमा आ-आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए ।

बैठकपछि गृहमन्त्री अर्यालले देशमा विभिन्न समूहहरूले प्रदर्शनको तयारी गरिरहेको सूचना पाएको भन्दै त्यसलाई सुक्ष्मरूपमा विश्लेषण गरिरहेको जानकारी दिनुभयो । मन्त्री अर्यालले राजनीतिक मागका लागि सरकारले ढोका खोलेको भन्दै संवादमार्फत नै समाधान खोज्नुपर्ने पनि बताउनुभयो । 

उहाँले देशको संवेदनशीलतालाई ध्यानमा राखेर जिम्मेवार भएर प्रस्तुत हुन पनि सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गर्नुभयो । वर्तमान सुरक्षा अवस्था विश्लेषण गरी आवश्यक कदम चाल्न उच्चस्तरीय बैठक बसेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.