माइतीघरमा जेन-जीको प्रदर्शन, आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई दबाब

कार्तिक ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
माइतीघरमा जेन-जीको प्रदर्शन, आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई दबाब

काठमाडौं । जेन-जी युवाहरूको एक समूहले सरकारलाई खबरदारी गर्दै शुक्रबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

जेन-जी युनाइटेडले काठमाडौंका माइतीघरमा भेला भएर जेन-जी आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई दबाब दिँदै प्रदर्शन गरेका हो ।

प्रदर्शनमा सहभागीहरूले जेन-जी आन्दोलनका क्रममा भएको दमन, आगजनी र विध्वंसमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । उनीहरूले शहीदको बलिदानी खेर जान नदिन समेत सरकारलाई सचेत गराएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.