जेन-जी आन्दोलनको क्रममा लुटिएका हतियार फिर्ता गर्न गृहले विशेष अपरेशन चलाउने

कार्तिक २, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनको क्रममा लुटिएका हतियार फिर्ता गर्न गृहले विशेष अपरेशन चलाउने

काठमाडौं । जेन-जी पुस्ताको आन्दोलनको क्रममा लुटिएका हातहतियारहरू फिर्ता ल्याउन गृह मन्त्रालयले विषेश अपरेशन सञ्चालन गर्ने भएको छ ।

आइतबार सिंहदरबारमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले यस्तो जानकारी दिनुभएको हो । उहाँकाअनुसार बैठकमा निर्वाचनको तयारीसम्बन्धी रणनीतिक योजनाहरु प्रस्तुत गर्न गठित कार्यदलको कामकारबाहीबारे समेत समिक्षा भएको छ । 

उहाँले बैठकमा निर्वाचनको वातावरण निर्माण गर्न प्रमुख जिल्ला अधिकारीहरूलाई मुख्य जिम्मेवारी दिने निर्णय भएको पनि बताउनु भयो । उहाँले आन्दोलनको क्रममा जेलबाट भागेका कैदीहरूलाई कारागर फिर्ता गर्न सुरक्षा निकायलाई थप सक्रियताका साथ परिचालन गर्ने निर्णय भएको पनि बताउनु भयो ।

उहाँले निर्वाचनको वातावरण निर्माण गर्न राजनीतिक दलहरूले समाजमा रहेका अपराधीहरूलाई दुरूपयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने समेत बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.