निवर्तमान अतिरिक्त स्वास्थ्य सचिव संगिता मिश्रासहित १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर, १४ करोड बिगो मागदाबी

कार्तिक २, २०८२ |कान्तिपुर टीभी संवाददाता
निवर्तमान अतिरिक्त स्वास्थ्य सचिव संगिता मिश्रासहित १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर, १४ करोड बिगो मागदाबी

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी निवर्तमान अतिरिक्त सचिव संगीता कौशल मिश्रासहित १४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले मिश्रासहित १४ जनाविरूद्ध करिब १४ करोड रूपैयाँ बिगो माग दाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। स्वास्थ्य उपकरण खरिदलगायत प्रकरणमा अनियमितता गरेको आरोप उनीहरूमाथि लगाइएको छ।

विभागको महानिर्देशक रहेकै बेला मिश्रा स्वास्थ्य उपकरण खरिदमा अनियमितता गरेको आरोपमा अनुसन्धानमा तानिनुभएको हो । मिश्रा पछिल्लो पटक सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री बन्ने चर्चासमेत चलेको थियो। त्यहीकारण उहाँले अतिरिक्त सचिवबाट राजीनामा दिनुभएको थियो । तर भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको खुलेपछि अन्तिम समयमा मिश्राको नियुक्ति रोकिएको थियो। 

मिश्रा स्वास्थ्य मन्त्रालयको सचिवमा समेत आकांक्षी हुनुहुन्थ्यो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका तत्कालीन निर्देशक डा. श्रवणकुमार थापा, विभागकै‌ आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा. सुरेन्द्र प्रसाद चौरसिया, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विवेककुमार लालमाथि पनि मुद्दा लगाइएको छ ।

यस्तै विभागका तत्कालीन प्रमुख लेखा नियन्त्रक भुवनप्रसाद काफ्ले, कानुन अधिकृत सिता घिमिरे, वरिष्ठ जनस्वास्थ्य अधिकृत दिपक अधिकारी, म्याक्सिम इन्कर्पोरेशन ट्रेडर्सका सुन्दर खनाललगायत पनि मुद्दामा तानिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.