तिहारको मुखमा विदेशिने युवा भन्छन् : अन्तरिम सरकारले देशमा रोजगारी सिर्जना गरोस्

कार्तिक २, २०८२ |कान्तिपुर टीभी संवाददाता
तिहारको मुखमा विदेशिने युवा भन्छन् : अन्तरिम सरकारले देशमा रोजगारी सिर्जना गरोस्

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशिने नागरिकहरूको चाप उल्लेख्य रूपमा बढेको छ ।

पछिल्लो केही दिन यता दैनिक हजारौँ यात्रु वैदेशिक गन्तव्यतर्फ गइरहेका छन् । विमानस्थल अध्यागमन कार्यालयकाअनुसार तिहारको मुखमा रोजगारी, अध्ययन र अन्य कारणले विदेशिनेको संख्या बढ्दो छ । अधिकांश यात्रु खाडी मुलुक, मलेसिया, दक्षिण कोरिया र अन्य श्रमिक गन्तव्यतर्फ प्रस्थान गरेका छन् । 

तिहारजस्तो सांस्कृतिक पर्वमा परिवारबाट टाढा हुनुपर्ने अवस्था एक पीडादायी भएको वैदेशिक रोजगारीका लागि देश छोड्दै गरेका युवा श्यामकुमार रैलाले बताउनु भयो । अन्तरिम सरकारलाई देशमा रोजगारीको सृजना गर्ने वातावरणको निर्माणको व्यवस्था होस् भन्ने उहाँको सुझाव रहेको छ ।

एकातिर देशमा तिहारको रौनक तयार हुँदैछ । अर्कातर्फ हजारौँ नेपालीहरू विमानस्थलमा परिवारको हात छोडेर आफ्नो भविष्य खोज्दै उडिरहेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.