बाढीपहिरोका कारण १९ ठाउँमा राजमार्ग र सडक अवरुद्ध

आश्विन २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाढीपहिरोका कारण १९ ठाउँमा राजमार्ग र सडक अवरुद्ध

काठमाडौं । बाढीपहिरोका कारण कोशी र बागमती प्रदेशका १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएके प्रहरीले जनाएको हो ।

कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध छ । यसैगरी बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्गहरु बन्द छन् । 

यसैगरी नेपाल–चीन जोड्ने सीमा सडक, कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.