मौसममा आजदेखि सुधार आउने

आश्विन २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
मौसममा आजदेखि सुधार आउने

काठमाडौं । वर्षा गराउने न्यूनचापीय मौसम प्रणाली नेपालबाट बाहिरिएसँगै देशभरको मौसममा सुधार आएको छ । हिजो अत्याधिक वर्षा भएको कोशी प्रदेशका विभिन्न भागमा समेत बिहानै देखि मौसम खुलेको छ ।

मनसुन कमजोर भई मौसममा सुधार आइसकेपनि मनसुन भने बाहिरिइ नसकेको मौसमविद प्रतिभा मानन्धरले बताउनुभयो । अझै पनि वर्षा हुने सम्भावना रहेको उहाँको भनाइ छ । वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएको मानन्धरले बताउनुभयो । जसका कारण भारी वर्षा तत्कालका लागि टरेको छ । तर मनसुन अझै बाँकी रहेको पनि उहाँले बताउनुभयो । 

असोज १८ र १९ गतेजस्तो लगातार पानी नपरे पनि अझै वर्षा हुने सम्भावना भने रहेको जनाइएको छ । पूर्वसूचना प्राप्त गरी आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोधसमेत मौसम विभागले गरेको छ ।

यसअघि बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणालीका कारण १७ गते शुक्रबार साँझदेखि हिजो बिहानसम्म मनसुन सक्रिय भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.