बाढी, पहिरो र डुबानबाट अवरूद्ध सडक छिट्टै सुचारू हुन्छ : मन्त्री घिसिङ

आश्विन १९, २०८२ |कान्तिपुर टीभी संवाददाता
बाढी, पहिरो र डुबानबाट अवरूद्ध सडक छिट्टै सुचारू हुन्छ : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं शहरी विकासमन्त्री कुलमान घिसिङले देशभरका अवरूद्ध सडक छिटो भन्दा छिटो सुचारू गराउने बताउनुभएको छ ।

बाढी, पहिरो र डुबानका कारण अवरूद्ध हुन पुगेका सबै सडकहरू तत्काल सुचारू गराउने गरी कामलाई अघि बढाइएको पनि उहाँले स्पष्ट पार्नुभयो । आइतबार सिंहदरवारमा बाढी, पहिरो र डुबानका कारण उत्पन्न परिस्थितिबारे पत्रकार सम्मलेन गरी जानकारी दिने क्रममा मन्त्री घिसिङले सडक सञ्जाल अवरूद्ध हुँदा समस्या परेमा वैकल्पिक सडकहरूको प्रयोग गर्न पनि यातायात व्यवसायीहरूलाई आग्रह गर्नु भयो । 

उहाँले अवरूद्ध सडकहरू खुलाउनका लागि सबै खालको शक्ति परिचालन गरिएको पनि बताउनु भयो । मन्त्री घिसिङले सरकारले क्षति भएका ब्रिज तथा बेलिब्रिजहरूको जडान कार्यलाई पनि अघि बढाइसकेको बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.