रसुवा । रसुवाको गोसाईंकुण्ड घुम्न गएका ४ जनालाई खोलाले बगाएको छ ।
भक्तपुरबाट रसुवाको गोसाइँकुण्ड जाँदै गरेका १६ जनाको समूह मध्यका ४ जनालाई गोसाइँकुण्ड गाउँपालिका-४ को बेरिङ खोलाले बागाएको हो ।
भक्तपुरबाट लाङटाङ घुम्न गएका १६ जनाको टोलीमध्ये ४ जना खोल्साले बगाएर बेपत्ता भएको रसुवाका प्रहरी प्रमुख हेम शाहिले जानकारी दिनु भयो । प्रहरीका अनुसार १६ मध्य ८-८ जनाको समूहमा हिँडेका उनीहरुको एउटा समूहबाट ४ जनालाई एक्कासी आएको खोलाको बाढीले बगाएको हो ।
बाढीले बगाएर बेपत्ता हुनेहरूमा मध्यपुर थिमि नगरपालिका बस्ने अन्दाजी २०-२५ कि संस्कृति श्रेष्ठ, अन्दाजी २८-३० वर्षका किशन श्रेष्ठ, संगिता श्रेष्ठ र भक्तपुर नगरपालिका-१० का रवि श्रेष्ठ रहेका छन् ।
लगातार वर्षा भइरहेकोले उनीहरुको खोजीको लागि कठिनाइ भइ रहेको प्रहरी प्रमुख शाहिले बताउनुभयो ।